१२ कार्तिक २०८३, बिहिबार

सिरहामा दुई वर्षे बालक घरको आँगनबाटै बेपत्ता, अपहरणको आशङ्का

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २१ माघ । सिरहा नगरपालिका–१ निवासी प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मङ्गलबार साँझबाट बेपत्ता भएका छन् ।

आफ्नै घरआँगनमा खेलिरहेका बेला इशान्त अचानक हराएपछि परिवारजनले अपहरण भएको हुनसक्ने आशङ्का गरेको छ । घरको बरन्डामा खेलिरहेका बेला आफू घरभित्र खाना पकाउन गएको र त्यही क्रममा अचानक हराएको बालककी आमा सङ्गीता यादवले जानकारी दिइन् ।

हराएको छोरालाई सबैतिर खोजी गरे पनि फेला नपरेपछि अपहरण भएको हुनसक्ने उनले आशङ्का गरे। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले बच्चा हराएको सूचना पाएलगत्तै खोजी कार्य तीव्र पारिएको बताए । –रासस