सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई यम यम क्याफेमा ८% छुट

दैनिक नेपाल २०७७ माघ २१ गते १७:४६

काठमाडौँ, २१ माघ । बैंक अफ काठमाण्डू लिमिटेड र यम यम क्याफेबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यम यम क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८% छुट पाउनेछन् ।

यम यम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यम यम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित