
काठमाडौँ, २१ माघ । नेकपा ओली पक्षका युवा नेता महेश बस्नेतको नेतृत्वमा वुधबार काठमाडौँमा मोटरसाइकल र्याली आयोजना भएको छ ।
र्याली भक्तपुरबाट सुरु भएर काठमाडौँ, ललितपुर हुँदै काठमाडौँको तिनकुनेमा समापन हुनेछ ।
नेता बस्नेतको नेतृत्वमा १० हजार बढी युवाले र्यालीमा उत्साहजनक सहभागीता जनाएका छन् । मोटरसाइकल र्याली युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा भएको हो । नेकपाको झण्डा बोकेर सहभागीहरुले उत्साह देखाएका छन् ।
माघ २३ गते काठमाडौँ ओली पक्षको नेकपाले वृहत जनसभा गर्दैछ । त्यसैको तयारीस्वरुप आजको मोटरसाइकल र्यालीलाई लिइएको छ ।
नेता बस्नेतका अनुसार मध्यान्ह् १२ बजे बालकुमारीबाट शुरु भएको र्याली सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुेनछ ।
यतिको संख्यामा इतिहासमै पहिलोपटक मोटरसाइकल र्याली भएको बताइएको छ ।

















प्रतिक्रिया