१२ कार्तिक २०८३, बिहिबार

संवैधानिक आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीहरुले वुधबार शपथ लिएका छन् ।

उनीहरुले वुधबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन् । निर्वाचन आयोगसहितका पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको हो ।

संवैधानिक नियुक्तिका लागि सत्तारुढ दलभित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराएर रिक्त स्थानमा नियुक्ति गरिएको थियो ।

संवैधानिक आयोगको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पदाधिकारीहरुको सपथ ग्रहण भएको हो ।