
काठमाडौँ, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता निर्मल भट्टराईले नेकपा एकता हुंदा एकता चीरस्थायी बनाउन सहमतीय विधान बनाईएको र सो विधानको प्रावधानकै कारण नेकपा कानूनी रुपमा अविभाजित रहेको बताएका छन् ।
सूर्यविनायक नगरपालिका वडा नं ६ मा आयोजित कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् ।
‘नेकपाको विधान जनवादी केन्द्रीयताको वा बहुमत (अल्पमतको आधारमा पार्टी चलाउने कम्युनिष्ट परम्पराको विधानजस्तो होईन’ उनले प्रष्ट पारे ।
पार्टी विधानकै कारण नेकपाको असन्तुष्ट दाहाल(नेपाल समूहले आफू खुसी पार्टी विभाजन गर्न नसक्ने र सो को लागि पनि नेकपाका दुई अध्यक्ष के पी ओली र प्रचण्डबीच सहमति आवश्यक रहेको उनको कथन थियो ।
सुर्यविनायक नगरपालिकाका उपप्रमुख अनेम संघकी केन्द्रीय सदस्य जुना वस्नेतले घेराबन्दी गरेर कामै गर्न नदिए पछि प्रधानमन्त्रीले संसद विघटन गरेको बताईन् ।
स्थानीय नेता अनुप के सीले नेताहरू विभाजितजस्तो देखिए पनि कार्यकर्ता एक ढिक्का रहेको जानकारी दिए । सुदाम केसीको संयोजकत्वमा भेलााले १०१ सदस्यीय वडा जनपरिचालन समन्वय समिति समेत गठन गरेको छ ।















प्रतिक्रिया