सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

स्न्यापड्रागन प्रोसेसरसहितको सी १५ रियलमी फोन सार्वजनिक

दैनिक नेपाल २०७७ माघ २१ गते ९:२७

काठमाडौं, २१ माघ । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझैँ मजबुत बनाएको छ ।

आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य पर्ने स्मार्टफोन सेग्मेन्टमा यस मोबाइल फोनलाई अलग स्थानमा पुर्‍याएको छ ।

यस मोबाइलमा उच्चतम स्क्रिन र बडीको अनुपात मिलेको ६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ थप आकर्षक बनाइएको यो मोबाइल फोन विषेशगरी युवाहरुलाई लक्षित गरि डिजाइन गरिएको छ ।

रियलमी विश्वभरका ५० करोड स्मार्टफोन प्रयोगकर्ताको सूचिमा ७ औँ स्थानमा पर्दछ । यो वर्तमान समयमा एकदमै चाँडो बजारमा आफ्नो शानदार हस्तक्षेप जनाएको मोबाइल फोन ब्राण्ड हो ।

यसले आफ्ना प्रयोगकर्ताको चाहनाअनुसार आफ्ना नयाँ संस्करणका मोबाइल फोनहरुको डिजाइन गर्दै गएको छ, जसकारण पनि ग्राहकहरु रियलमीका मोबाइल फोनप्रति आकर्षित छन् । सी सिरिजको मोबाइल फोनमा विश्वभरबाट राम्रो प्रतिक्रिया पाइराखेकाले कम्पनीले यस सिरिजलाई विशेष प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई वृद्धि गरिरहेको छ ।

उच्च पर्फमेन्स, एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइन लगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ ।

प्रतिक्रिया
सम्बन्धित