सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

एनएमबिको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एटिएम सञ्चालन

दैनिक नेपाल २०७७ माघ २० गते १९:५९

काठमाडौँ, २० माघ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यात्रु तथा कर्मचारीहरुलाई सुविधा पुर्याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको हो । बैंकले यस अघिदेखि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रतिक्रिया
सम्बन्धित