८ कार्तिक २०८३, आइतबार

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।

यो प्रविधी सरल एवं सहज हुनुका साथै हालको कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिन्छ ।

बैंकले देशभर १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथ ासुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, सीएएसबीए, सोसल मिडिया बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।