सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

भाइकिङ २२२ मोडलका बसहरु हस्तान्तरण

दैनिक नेपाल २०७७ माघ १९ गते १९:१८

काठमाडौँ, १९ माघ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्डले ‘काठमाडौँमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीकाअनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा भाइकिङ २२२, १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् ।

गाडि लिने मध्ये एक ग्राहकको भनाई उदृत गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा भाइकिङ बसहरु छन् जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन् ।

ग्राहकहरुको मागअनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले भाइकिङ २२२ लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजान पनि सलाह दिन्छु भनेका छन् ।

भाइकिङ २२२, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

भाइकिङ २२२ मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ ।

रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए ।

नेपालमा हरेक लामो दुरी रुटमा भाइकिङ गाडिहरु चल्दै आएका छन् । अत्याधिक मागअनुसार कम्पनीले ग्राहकवर्ग हरुलाई बिशेष सर्भिस पनि दिँदै आएको छ ।

आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित