८ कार्तिक २०८३, आइतबार

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघबीच सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख बुद्धि कुमार मल्ल र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका तर्फबाट केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरे ।

एनएमबि बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्य सहित देशको दिगो विकासमा टेवा पुर्याउने क्षेत्रहरु जस्तै साना तथा मझौला उद्योग, कृषि, जलश्रोत लगायत उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आईरहेको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३५ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।