आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई १ सय रुपियाँ बोनस

दैनिक नेपाल २०७७ माघ १९ गते १०:३४

काठमाडौं, १९ माघ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् ।

ग्राहकहरूले बैंक अफ काठमाण्डूको खातालाई बैंकको मोबाईल बैकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपियाँ बोनस प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाईल बैंकिङ्गको प्रयोगकर्ताहरूले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरूको खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित