बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सामसुङको एस२१ सिरिज खरिदका लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजमा किस्ता

दैनिक नेपाल २०७७ माघ १८ गते १८:२२

काठमाडौँ, १८ माघ । सानिमा बैंकले सामसुङको क्द्दज्ञ कभचष्भक खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता बन्दीको व्यवस्था गरेको छ ।

यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आइएमएस स्मार्ट प्रा.लि र हिम इलेक्ट्रोनिक्स प्रा.लि (सामसुङ प्लाजा) सँग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता बन्दी सुविधाका साथै निःशुल्क इएमआई प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ ।

सामसुङ एस २१ सिरिज कोप्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गते बाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आइएमएस स्मार्ट प्रा.लि र हिम इलेक्ट्रोनिक्स प्रा.लि (सामसुङ प्लाजा) का विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदन दिनका लागि https://cardrequest.sanimabank.com/credit-card/online-application मा लगईन गर्नुहोला ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगईन गर्नुहोला ।

प्रतिक्रिया
सम्बन्धित