बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

कामना सेवाले वीच्याट युनियन पे भुक्तानी सेवा सञ्चालनमा ल्यायो

दैनिक नेपाल २०७७ माघ १८ गते १८:०८

काठमाडौँ, १८ माघ । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रा.लि.बीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै वीच्याट पे र युनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौतापश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंक लि.सँग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यूआर कोड स्क्यान गरि/गराई वीच्याट पे र युनियन पेको साथै अलिपे, खल्ती, प्रभु पे, क्यूपे, आईएमई पे, स्मार्ट क्यूआर लगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

काठमाडौँ ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी एएसबीए, सोसल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित