शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

आमाको शव दश वर्षदेखि फ्रिजमा

दैनिक नेपाल २०७७ माघ १८ गते ८:३१

टोक्यो । जापानको टोक्योमा प्रहरीले मृत्यु भइसकेकी आफ्नी आमाको शव १० वर्षदेखि फ्रिजरमा राखेको भेटिएपछि ती महिलालाई पक्राउ गरेको छ ।

युमी योसिनो नाम गरेकी ४८ वर्षीया ती महिलाले मृत्युबारे भने केही खुलासा गरेकी छैनन् । आमासँगै बस्दैआएकी युमीले टोक्योस्थित घर छोड्न मन नलागेर आमाको शव लुकाएर राखेको प्रतिक्रिया दिएकी छिन् ।

प्रहरीका अनुसार शवमा कुनै चोट पटक लागेको छैन । हत्या वा स्वभाविक मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घरको भाडा नतिरेपछि ती महिलालाई घर छोड्न बाध्य बनाएपछि घर सफा गर्न लगाइएका व्यक्तिले फ्रिजरमा शव भेटिएको जापानी मिडियाले लेखेका छन् । ती महिलाकी आमाको ६० वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित