८ कार्तिक २०८३, आइतबार

कतार एयरवेजको अमेरिकी नेट्वर्क विस्तार, सियाटलसम्मको पहिलो उडान सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, १६ माघ । आजबाट कतार एयरवेजको सियाटलसम्मको उडानको सुरुवात भएको छ जसले सर्वाधिक नेट्वर्क भएको मध्यपूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थलमार्फत दक्षिण पश्चिम प्यासिफिक क्षेत्रबाट यात्रा गर्ने यात्रुहरुलाई थप सुविधा प्रदान गर्दछ ।

यस सियाटल मार्ग अमेरिका प्रवेश गर्ने ११औँ द्वार हो । सियाटल सम्मको चार साप्ताहिक उडानहरू कतार एयरवेजको अत्याधुनिक बोइङ ७७७ द्वारा सञ्चालित हुनेछन् जसको बिज्नेस क्लासमा ४२ सीट र इकनमी क्लास ३१२ सीटहरू छन् ।

एक अग्रणी ग्लोबल कनेक्टरको रूपमा, कतार एयरवेजले हाल १२० गन्तव्यहरू जोड्ने ८ सय भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्दछ जसलाई वृद्धि गरी मार्चको अन्त्य सम्ममा १३० भन्दा बढी गन्तव्य पु¥याउने योजना रहेको छ ।

सियाटल जाने आउने यात्रुहरुले मध्यपूर्वी एसियाको सर्वश्रेष्ठ विमानस्थल हमाद अन्तर्राष्ट्रिय विमानस्थलको अफ्रिका, एसिया–प्यासेफिक, दक्षिण एसिया तथा मध्यपूर्वसम्म उत्कृष्ट नेट्वर्कको लाभ उठाउन सक्नेछन् ।