शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँड, भर्नेले पाए १० देखि ६० कित्तासम्म

दैनिक नेपाल २०७७ माघ १६ गते १८:४५

काठमाडौँ, १६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबार बाँडफाँड भएको छ ।

१० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई मागे बामेजिम नै आइपीओ परेको छ । कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

बैंकको आइपीओका लागि कुल १४ लाख ८१ हजार २ सय ८४ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको छ ।

यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता सेयर बाँडफाँड भएको छ ।

यसरी, बाँडफाँड गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथामार्फत १० कित्ता थप गरिएको छ । यसरी इन्फ्रास्ट्रक्चरको आइपीओमा अधिकतम ६० कित्तासम्म सेयर पाउनेहरु पनि छन् ।

एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको थियो । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित