शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

बि.ओ.के क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न

दैनिक नेपाल २०७७ माघ १६ गते १६:०३

काठमाडौँ, १६ माघ । बि.ओ.के क्यापिटल लिमिटेडको बिशेष साधारण सभा माघ १६ गते शुक्रबार क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले संस्थाको संस्थापक सूहबाट प्रतिनिधित्व गर्ने ४ जनालाई संचालक निर्विरोध नियुक्त गरेको छ । सभाले बैंक अफ काठमान्डूका प्रतिनिधिहरु महेश मिश्र, चन्द्रराज शर्मा, दिपक गौतम र सि.एफ.एस रेमिट प्रा.लिका प्रतिनिधि रबिन्द्र बल्लब पन्तलाई संचालका नियुक्त गरेको हो ।

साथै संस्थाको ७० औँ संचालक समितिको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित