शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

एनएमबिको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोवार

दैनिक नेपाल २०७७ माघ १६ गते १४:०४

काठमाडौँ, १६ माघ । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्र विन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं ।’ बैंकका कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित