बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एनएमबि बैंकको नाफा १ अर्बभन्दा धेरै

दैनिक नेपाल २०७७ माघ १५ गते ११:१४

काठमाडौं, १५ माघ । आर्थिक वर्ष २०७७–७८ को दोश्रो त्रयमासमा एनएमबि बैंक लि.को खुद मुनाफा रु.१ अर्ब ६१ करोड पुगेको छ ।

नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा रु. १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ ।

सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप रु.१ खर्ब ४९ अर्ब र कूल कर्जा सापट रु.१ खर्ब ४४ अर्ब पुगेको छ ।

बैंकले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा रु.१४.६१ अर्ब र कर्जा तथा सापटमा रु.२१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशतबाट वृद्घि भई ३.९५ प्रतिशत र कर्जा तर्फ ४.१९ प्रतिशतबाट वृद्घि भई ४.४३ प्रतिशत पुस मसान्तसम्ममा पुगेको छ ।

निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित