शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

एनआईसी एशिया बैंकले तीन महिनामै दुई अर्ब ६ करोड कमायो

दैनिक नेपाल २०७७ माघ १५ गते ९:१७

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यस अवधिमा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा २.१९ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

यस अवधिसम्म बैंकको चुृक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ, सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३२ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यस अवधिमा प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ६१ पैसा रहेकोमा चालु आर्थिक वर्षको यस अवधिसम्ममा घटेर ३५ रुपैयाँ ७३ पैसा कायम भएको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित