बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कतार एयरवेजलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अन्तर्गत सर्वोच्च डायमण्ड दर्जा

दैनिक नेपाल २०७७ माघ १४ गते १८:४१

दोहा, १४ माघ । कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिट अन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स् असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गर्न सफल भएको छ ।

उक्त डायमण्ड अर्थात् सर्वोच्च दर्जा कतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मूल्याङ्कन पश्चात् एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले भने, “एक अग्रणी एयरलाइनको रुपमा, कोभिड–१९ सुरक्षा प्रतिको हाम्रो प्रतिबद्धतालाई एपेक्स जस्तो गरिमामय संस्थाले दिएको मान्यताले हामी हर्षित भएका छौँ । ”

प्रतिक्रिया
सम्बन्धित