हेटौँडा, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले जिल्ला अधिवेशन आगामी फागुन २९ गते गर्ने निर्णय गरेको छ ।
मंगलबार हेटौंडामा बसेको जिल्ला कार्य समितिको विस्तारित बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले जिल्ला नेता गोपीप्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला निर्वाचन समिति समेत गठन गरेको छ ।
जिल्ला अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले पार्टी र विचारलाई स्थापित गर्नको निमित्त संगठन केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
बैठकमा जिल्ला समितिका पदाधिकारी सदस्य, क्षेत्र, नगर, गाउँपालिका, जनबर्गीय संगठन र नगरभित्रका वडाका अध्यक्षहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया