बझाङ, १४ माघ । बझाङमा खुँडा प्रहार गरि अमृत सिंहको हत्या भएको छ ।
छबिसपाथिभेरा गाउँपालिका–३ का सिंहको खुँडा प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताए ।
सोही गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।
खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् । खुँडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा भएको समितिको निर्वाचनमा कांग्रेस र नेकपा निकट दुई प्यानल बनेका थिए ।
कांग्रेस निकट प्यानल निर्वाचित भएको थियो । हत्या गरिएका सिंह तरुण दलका सदस्य समेत हुन् ।











प्रतिक्रिया