६ मंसिर २०८३, आइतबार

काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम केही घट्यो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । काठमाडौंको न्यूनतम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।

काठमाडौंको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातिको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।

पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहनेछ । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

मंगलबार तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्नेछ । पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम देखिने छैन ।