३ कार्तिक २०८३, मंगलबार

सहकारीद्वारा संचालित एशियन मार्टको बुधबार उद्घाटन हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीवी श्रेष्ठ

दमौली, १२ माघ । एशियन उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित एशियन मार्टको उद्घाटन माघ १४ गते बुधवार हुने भएको छ ।

जिल्लामा सहकारीबाट सञ्चालनमा आएको सुपथ मूल्य पसल एशियन मार्टको उद्घाटन हुने भएको हो । सहकारीको मूल्य र मान्यतानुसार पसल सञ्चालन गरिएका संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले सहकारीमार्फत उपभोक्तासँग प्रत्यक्ष जोडिने नीति अन्र्तगत सुपथ मूल्य पसल सञ्चालन गरेर उपभोक्ता सहकारीको उद्येश्यनुरुप काम गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दमौली वजारको मुख्य चोकमा सुपथ मूल्य पसल सञ्चालन गरिएको एशियन मार्टका संयोजक हरि कार्कीले जानकारी दिए ।