शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘हो हामी बन्दुक बिनाको साइबर सेना हौ’

-रबिन रगत २०७७ माघ ११ गते १५:१०

-रबिन रगत

हिन्दीमा एउटा उखान छ ‘भाइ फुटे गवार लुटे’ नेपाली राजनीतिमा अहिले यही स्थिती छ । जब भाइहरु झगडा गर्छन स्वतः दोश्रो पक्षले त्यस्को अबश्य फाइदा लिन्छ ।

झन्डै दुई तिहाइ नजिकको नेकपाको सरकारलाइ आफ्नै पार्टीले घेराबन्दीमा राखी टाउकोले ज्यान हल्लाउने की ज्यानले टाउको हल्लाउने जस्ता विचार र सिद्धान्त भन्दा कुर्सिको खेलमा कुर्सी वरिपरिको फनफनी घुमाइले देशलाई नै अगतिशील बनाउने अवस्था आएपछि अग्रगामी भुमिकाको लागि दुई तिहाइको प्रधानमन्त्रीले संसद विघटन गरि निर्बाचनबाट ताजा जनादेश ल्याएर अस्थिरताको खातिर स्थायित्व सरकार निर्माणको लागि निर्वाचनको लागि अह्वान गर्दा आफ्नै भाइ भाइ फुटेर वाद प्रतिवाद आरोप प्रत्यारोप लगाएर उछिटो काड्न दुवै पक्ष सकृय रहेका छन् ।

उछिटो कडाइमा आफ्ना आफ्ना कार्यकर्ताहरुले ताली बजाइ रहेका छन् सोसल मिडियामा शेयर गरेका छन् र माहोल आफ्नो पक्षमा बनाउने दौडधुपमा छन् ।

हिजो १० वर्ष जनयुद्धमा बन्दुक सहितको जनमुक्ति सेना थिए छापामार सेना थिए उक्त सेनाले राज्य प्रणालीको काम कारर्वाही न्याय समानतामा आक्रोश पोख्दै छापामार शैलिमा स्थानिय तहमा भौतिक कार्बही गर्ने देखि राज्यको सम्रचनाहरु तोडफोड गर्दै पूर्व माओवादीले आफ्ना सेनाहरु परिचालन गरेको थियो ।

आफ्नो पार्टीको प्रभुत्व जमाउनको लागि विद्यालय क्याम्पसदेखि राज्यको हरेक निकायमा आफ्नो भातृ सङ्गठनहरु निर्माण गरि केन्द्रमा आफ्नो पार्टीलाई मजबुत बनाउने अभ्यास हुँदै आएको अवस्था नै छ ।

प्रविधि विकास र समयसँगै नितान्त आफ्नो गतिमा चलिरहेको यो प्रविधिमुलक समयमा आजको युवाहरु फेरि उही पश्चगमन तरिकाले बन्दुक भिरेर छापामार सेनाहरु अवश्य नै बन्ने छैन ।

प्रविधि र समयको गतिलाइ आत्मसात गर्दै आज जनताहरु बन्दुक होइन कलमको सहारामा प्रविधिको सहारामा साइबर सेना बन्दै छन् । साइबर सेनाले विचारको लडाइ लड्छ, बेथिती बिसङ्गती विरुद्ध धावा बोल्छ, भ्रम फैलाउन उद्धत समुहको भ्रम चिर्न तत्पर रहन्छ ।

न यसले कसैलाइ धम्क्याउछ, न यसले चन्दा असुली गर्दै बितन्डा पैदा गर्छ । तसर्थ हिजो छापामार सेनाको सङ्गठन बनाउनेहरु आज यो विचारको लडाकु साइबर सेनासँग त्रसित छ भयभित छ ।

अब यो साइबर सेनाहरु यसरी झाङ्गिदै छ सत्यको मार्गमा आफूलाइ अग्रगामी भुमिकामा अग्रसर बनाइ पस्चगामी तत्वहरुको तिकडमहरुलाइ चिरफार गर्दै देशको अखण्डता स्वाधीनता र बिकासको गतिमा अग्रगामी भुमिका निभाइ बिना बन्दुक बिचारको लडाइ लड्छ र देशलाइ समृद्धि र सुखी नेपालिको चहानामा अग्रगामी भुमिका निर्वाह गर्नेछ ।

हिजो बन्दुक भिरेका जनमुक्ति सेनाहरु बन्दुक छोडेर सङ्गठित रुपमा अगाडी बढिरहेको अवस्था छ भने यता बिना बन्दुकका साइबर सेनाहरु पनि कलमको सहारामा आफुलाइ अगाडी बढाइरहेको अवस्था छ र अब यहि दुई सेनाहरु साइबर सेनामा समायोजन हुदा कमजोर धरातल भएका देशलाइ सधै सत्ता र शक्तिको पहुँचमा परिवारबाट उन्मुक्ति नपाएका केही तत्वहरु छटपटाइ रहेका छन् ।

र यो लडाइ बन्दुक बिसाएर कुर्सिमा निदाएको जस्तो हुने छैन । विचार र सिद्धान्तमा अडिग भएर कलम र मस्तिष्क अनवरत रुपमा चलाइ बेथिति बिसङ्गति बिरुद्ध सधै यो साइबर सेना बिना बन्दुक सधै लडिरहनेछ ।

जुन छट्पटी हरेक कार्यकर्म र भासणमा सुन्न पाइन्छ यसबाट स्पष्ट थाहा हुन्छ कि साइबर सेना कति मजबुत छ र बिना बन्दुकले पनि कलमको साहाराले प्रविधिको मद्दतले शक्तिहरु कसरी हल्लाउन सकिन्छ भनेर ।

विकास र विज्ञानको दुनियाँमा हरेक नागरिक अब साइबर सेना बनेर अराजक तत्वहरुलाइ जरै देखि उखालेर फाल्न अब हरेक नेपाली साइबर सेनामा आबद्ध भएर देशको मुहार फेर्न गाउँ गाउँ बस्ती बस्तिबाट उठनु पर्छ र देशको अखन्ड्ता बचाउनु पर्छ अन्यथा देश देशी विदेशी शक्तिको चक्रब्युहमा फसेर अराजकताको भड्खोला तिर बढ्दै जान्छ जसले गर्दा नेपालीहरुको समृद्ध नेपाली र सुखी नेपाली बन्ने चाहानहरुमा तुसारापात हुन्छ ।

जसरी विश्वका कतिपय विकसित देशका नागरिकहरुलाइ निश्चित उमेरमा शिक्षाबाट बञ्चित नगराइ सेनाको तालिम दिएर राज्यलाइ सेवा दिने अबसर प्राप्त गराइन्छ र निश्चित समय पछि छोड्न चाहेमा स्वतस्फूर्त छोड्न सक्छन र देशको तालिम प्राप्त सिपाही बनेर रास्टकोलागी एक पहरेदार सिपाही भएर उभिन्छ्न र देशको सार्बभौमसत्ता अखन्डता र स्वाधिनताको लागि उभिन्छन् त्यसरिनै हामी पनि अब बिना बन्दुकको साइबर सेना बनेर अराजकताको राजनीतिलाई समाप्त गराइ स्थायित्व दृढ आत्मबिश्वासका साथ अगाडी बढेको सरकारलाइ मजबुत बनाइ सुखी नेपाल र समृद्ध नेपाल बनाउने ती सपनाहरुलाइ साकार पार्न एकजुट भएर लागिरहनेछौँ ।

र यो लडाइ बन्दुक बिसाएर कुर्सिमा निदाएको जस्तो हुने छैन । विचार र सिद्धान्तमा अडिग भएर कलम र मस्तिष्क अनवरत रुपमा चलाइ बेथिति बिसङ्गति बिरुद्ध सधै यो साइबर सेना बिना बन्दुक सधै लडिरहनेछ ।

प्रतिक्रिया
सम्बन्धित