बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

राजस्व संकलन गर्न एनसीएचएल, राष्ट्रिय बाणिज्य बैंक र आईएमई–पेबीच सम्झौता

दैनिक नेपाल २०७७ माघ ११ गते १४:१३

काठमाडौ, ११ माघ । सरकारी कर तथा राजस्व मोबाइल वालेट (पीएसपी)मार्फत संकलन गर्नका लागि नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल), राष्ट्रिय बाणिज्य बैंक र आईएमई डिजिटल सोलुसनबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रमअनुरूप सरकारी राजस्व पीएसपीमार्फत संकलन गर्नका लागि उक्त सम्झौता गरिएको हो । यसअघि सरकारी कर राष्ट्रिय बाणिज्य बैंकले मात्रै संकलन गर्दै आइरहेको थियो । यो त्रिपक्षीय सम्झौतापश्चात् सेवाग्राहीहरुले सरकारी राजस्व आईएमई एप प्रयोग गरी सजिलै दाखिला गर्न सक्ने छन् ।

उक्त कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो त्रिपक्षीय सम्झौताले आम सेवाग्राहीहरुलाई सरकारी राजस्व दाखिला गर्न सहज हुने बताए ।

आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यवसाय विकास प्रमुख आमोद भट्टराईले आईएमई–पेको तर्फबाट सरकारको डिजिटल अभियान कार्यान्वयनमा ऐक्यबद्धता जनाउँदै विद्युतीय भुक्तानी सेवालाई आम जनमानसको पहुँचसम्म पुर्याउन र सरकारी कर तथा राजस्व भुक्तानीलगायत अन्य सेवा गुणस्तरीय तरिकाले प्रदान गर्न प्रतिवद्ध रहेको विचार व्यक्त गरे ।

करिब ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई–पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित