शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विस्फोटपछि बीपी राजमार्ग अवरूद्ध, बम डिस्पोजपछि अरनिको राजमार्ग खुल्यो

दैनिक नेपाल २०७७ माघ १० गते ११:१३

काठमाडौं, १० माघ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा शंकास्पद वस्तु विष्फोट भएपछि राजमार्ग नै अवरुद्ध बनेको छ ।

शुक्रबार राति विष्फोटको ठूलो आवाज आए पनि पड्किएको वस्तु के हो भन्नेबारे प्रहरी निष्कर्षमा पुगिसकेको छैन । तर, बिस्फोट भएको वस्तु बम नै भएको आशंकापछि बीपी राजमार्गमा सवारी आवागमन रोकिएको छ ।

सवारी आवागमन रोकेरै प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

यस्तै यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ ।

आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा नेकपा माओवदी विप्लव समूहले आज नेपाल बन्दको आह्वान गरेको छ । सोही समूहले उक्त बमहरु राखेको आशंका प्रहरीको छ ।

प्रतिक्रिया
सम्बन्धित