हेटौँडा, १० माघ । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–४ मा काठमाडौं जाँदै गरेको सवारी साधनमा आगजनी भएको छ ।
शनिबार बिहान दुई बजे बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
१० जनाको समूहमा आएका व्यक्तिहरूले चालकलाई गाडीबाट बाहिर निकालेर आगो लगाएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
सवारी साधनमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता आगजनी गरेको आशंका प्रहरीको छ । वागमती गाउँपालिका–४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।
धरान–चतरा सडकखण्डअन्तर्गत वागमती–४ झुरझुरेमा सडकखण्डको बीचमै शङ्कास्पद वस्तु भेटिएको छ ।
हेटौँडा उप–महानगरपालिका – ५ सिँचाइ टोल नजिककै पनि झोलामा शङ्कास्पद वस्तु भेटिएको छ ।











प्रतिक्रिया