६ मंसिर २०८३, आइतबार

हेटौँडा–कुलेखानी–काठमाडौं सडक दुई महिनाका लागि बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । हेटौंडाबाट भीमफेदी, कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीको सडक शनिबारदेखि दुई महिनाका लागि बन्द भएको छ ।

निर्माणाधीन भीमफेदी–कुलेखानी सडकखण्ड शनिबारदेखि चैत १० गतेसम्मका लागि बन्द हुने भएको हो । वागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएको जानकारी दिए ।

भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेलाई वैकल्पिक सडक प्रयोग गर्न सूचना जारी गरिएको छ ।

भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाडौं आउन अब त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्नेछ ।