४ कार्तिक २०८३, बुधबार

फेरि चिप्लिए झलनाथ खनाल, आफ्नै कार्यकर्तालाई दिए ‘आसेपासे’ र ‘हनुमान’को संज्ञा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । अघिल्लो सभामा निर्माणाधीन धरहरा प्रधानमन्त्री केपी ओलीले नभई इन्जिनीयरहरुले बनाएका हुन् भन्दै आफ्नो अनविज्ञता प्रकट गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले आज आफ्नै कार्यकर्ताहरुलाई ‘आसेपासे’ र ‘हनुमान’को संज्ञा दिएका छन् ।

आज शुक्रबार राजधानीमा भएको विरोधसभालाई सम्बोधन गर्दै उनले आफ्नै कार्यकर्ताहरुलाई यस्तो आरोप लगाएका हुन् । सम्बोधनका क्रममा पार्टीको आधिकारिकताको सन्दर्भमा उनले कार्यकर्ताहरुलाई हनुमान र आसेपासे भन्न भ्याएका हुन् ।

‘अहिले पनि केपी ओली के भनिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टी चाहिँ बालुवाटारमा बसेका केही मानिसहरुको पार्टी हो र यही पार्टी नै आधिकारिक हो भन्दै गफ गरेर हिँडिरहेका छन्, ठट्ठा मजाक गरिरहेका छन्’, खनालले भने, ‘म केपी ओलीलाई अहिले सडकमा आएर हेर्न निम्ता दिन्छु, कुनचाहिँ पार्टी आधिकारिक हो, आधिकारिक जनताको पक्षमा कति जनता छन् ?’

पार्टी विवादलाई सेटिङमार्फत जित्न खोजेको आरोप लगाउँदै खनालले भनेका छन्, ‘हामीले सेटिङ गरेका छौं, सेटिङको आधारमा निर्वाचन आयोगले पनि हामीलाई नै आधिकारिकता प्रदान गर्छ भनेर देशभरी आफ्ना आसेपासेहरुलाई र हनुमानहरुलाई त्यस्ता निर्देशनहरु पठाउने काम भएको छ ।’