बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तनहुँका एक युवाद्वारा दाउरा प्रहार गरी ७२ वर्षीया वृद्धा आमाको हत्या

दैनिक नेपाल २०७७ माघ ९ गते १३:५३

सांकेतिक तस्वीर

तनहुँ, ९ माघ । तनहुँका एक युवाले आफ्नी ७२ वर्षीया वृद्धा आमाको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका उनले दाउराले प्रहार गरी आमाको हत्या गरेको प्रहरीले बताएको छ । ७२ वर्षीया आमाको हत्या आरोपमा ब्यास नगरपालिका–११ दरैपधेरोका ३३ वर्षीय छोरा प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घटनासम्बन्धी सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित