शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रचण्ड–माधव समूहको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, जनतालाई सास्ती

दैनिक नेपाल २०७७ माघ ९ गते १२:०६

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिएर सडक संघर्षमा रहेको प्रचण्ड–माधव समूहले काठमाडौंका विभिन्न ठाउँबाट विरोध र्याली निकालेका छन् ।

प्रतिनिधिसभा विघटनप्रति असहमति प्रकट गर्दै उक्त समूहले आज काठमाडौं केन्द्रित प्रदर्शनको आयोजना गरेको छ । उक्त अवसरमा निकालिएको र्यालीहरुले अहिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ भने आम सर्वसाधारणले अनाहकमा सास्ती झेल्नु परेको छ ।

उपत्यकाका मूख्य स्थानहरु कोटेश्वर, तीनकुने, वानेश्वर, कालीमाटी, माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर आदि मुख्य सडकबाटै जुलुश निस्किएकाले सार्वजनिक यातायातहरु अस्तव्यस्त भएका हुन् ।

यातायात अस्तव्यस्त बनेपछि सर्वसाधारणहरु हिंडेर गन्तव्यतिर गइरहेको देखिएको छ । उक्त समूहको केन्द्रीय संघर्ष समितिले आजको विरोध सभामा पार्टीका स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट निस्किएको जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने छ र मुख्य जुलुश समूहका नेताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित