शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बागमती प्रदेश सभा बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

दैनिक नेपाल २०७७ माघ ९ गते १०:३७

मकवानपुर, ९ माघ । बागमती प्रदेश सभाको बैठक आज शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति छलफल गरेका थिए । छलफलमा आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको बुझिएको छ ।

प्रदेश सभाको कार्यपरामर्श समितिको बैठकले सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर बैठक बोलाउन आग्रह गरेको थियो । त्यहिअनुसार आज बैठक आह्वान गरिएको हो ।

प्रदेश सभाको सातौँ अधिवेशन माघ ७ गते सुरु भएको थियो । दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेपछि अनिश्चितकालका लागि बैठक स्थगन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित