मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

भूमिहीनलाई पैतीस दिनभित्र आवेदन बुझाउन सूचना

दैनिक नेपाल २०७७ माघ ९ गते १०:३८

काठमाडौं, ९ माघ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।

फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित