भरतपुर, ९ माघ । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएका छन् ।
बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा गैंडाको बच्चा र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको अनुमान निकुञ्जको छ । केटोको ब्रम्हखाग र खुर तथा भाले गैंडाको खाग, खुर सुरक्षित रहेको अधिकारीले बताए ।











प्रतिक्रिया