बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

पाल्पामा शिकार खेल्ने क्रममा एक जनाको मृत्यु, तीन जना पक्राउ

दैनिक नेपाल २०७७ माघ ९ गते ९:४६

तनसेन, ९ माघ । पाल्पा जिल्लामा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

सो घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाको चिलाउने पानी सामुदायिक वनमा बन्दुक पड्किदा छर्रा लागेर १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको जिल्ला प्रहरी पाल्पाका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिएका छन् ।

छहारीलाई बन्दुकको छर्राले लागेर मृत्यु भएको अभियोगमा ३ जना ब्यक्तिलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनसुन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिका– ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका– ८ दानसिंडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित