बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हामी उज्यालोतिर लाग्ने रातो झण्डा फहराउने हौँ, कालो झण्डा होइन: प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७७ माघ ८ गते १५:४९

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु उज्यालोतिर गन्तव्य भएका रातो झण्डा फहराउने भएको बताएका छन् ।

बिहीबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले सडकमा रातो र उज्यालो झाण्डा फहराउने बताएका छन् । उनले पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने नभई रातो झण्डा फहराउने भएको बताएका हुन् ।

‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौ’, ओलीले भने, ‘सडकमा रातो, उज्यालो झण्डा फहराउँछौ । कालो होइन ।’

त्यस्तै, उनले आफूहरु कसैप्रति प्रतिशोध नलिने बताए । ‘हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन ,देश बनाउनुछ । सुशासन गर्दै भ्रष्टाचार समाप्त पार्नुछ । देश बनाउन यी गन्तव्यतर्फको यात्रा तय गर्नुछ’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले आफूले काम गर्ने नदिनेलाई आफूले बाटो नछोड्ने बताएका छन् । ‘खुरुखूरु बाटो छोडिदिन्छ भन्ने होइन’, ओलीको भनाई छ । समाजमा विभिन्न किसिमका सिनेमाहरु प्रदर्शन गरिरहिएको व्यंग्य पनि ओलीले गरेका छन् ।

‘समाजमा विभिन्न किसिमका तत्व हुन्छन्, तिनिहरु सिनेमा देखाउँछन् । सिनेमामा हिरो हिरोइन हुन्छ, लभ परेको हुन्छ, हिरोइन घाइते हुन्छे । हिरो रुन्छ । वास्तममा त्यो केही पनि होइन । त्यो सबै तमासा हो ।’ प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई संकेत गर्दै तमासा र सिनेमा देखाइरहेको बताएका हुन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले देश बनाउने हो भने पहिलोपटक आफ्नो मति ठिक ठाउँमा राख्नुपर्ने पनि बताए । ‘मति ठिक ठाउँमा भएन भने बुद्धिमान मतिभ्रष्ट भयो भने खतरानाक हुन्छ । बुद्धिमान चोर भए प्रहरीले पनि पक्रन सक्दैन’ ओलीको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित