शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चन्द्रागिरि हिल्सको आईपीओ भोलि बाँडफाँड हुँदै, कति जनाले पाउँदै छन् शेयर ?

दैनिक नेपाल २०७७ माघ ८ गते १२:१९

काठमाडौं, ८ माघ । चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार प्रि–अलटमेन्ट सकिएपछि शुक्रबार बाँडफाँड गरिने भएको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी १० लाख ७१ हजार ५१५ जनाको हात खाली हुने अवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित