शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

२१ घण्टा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुला रहने

दैनिक नेपाल २०७७ माघ ८ गते १२:०७

काठमाडौं, ८ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेशनको समय घटाउँदै दैनिक १८ घण्टामा झार्ने भएको छ ।

अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी भएको हो । कोभिडका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको कारण देखाउँदै प्राधिकरणले विमानस्थल सञ्चालनको समय घटाउने तयारी गरेको बताइएको छ ।

बिहान ६ बजेबाट खुल्ने विमानस्थल राति ३ बजेसम्म सञ्चालन हुँदै आएकोमा अब प्राधिकरणले राति १२ बजेसम्म मात्रै खोल्ने तयारी गरेको हो । यद्यपि, यस विषयमा आवश्यक छलफल भइरहेको र प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिएका छन् ।

सामान्य अवस्थामा ८० वटा उडान तथा अवतरण हुने विमानस्थलमा अहिले मुस्किलले २० वटा मात्रै उडान तथा अवतरण भइरहेको उनको भनाइ छ । प्राधिकरणले अहिले सञ्चालनको समय घटाएर पुनः उडान चाप बढेपछि समय थप गर्नेगरी १८ घण्टा मात्रै सञ्चालन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित