मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुँदै

दैनिक नेपाल २०७७ माघ ८ गते ११:५४

फाइल तस्वीर

काठमाडौं, ८ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको उत्तरी, पूर्वी र दक्षिणी भागको प्रबलीकरण सम्पन्न भएसँगै उक्त कार्यालय स्थानान्तरण हुने भएको हो ।

पहिलो चरणको प्रबलीकरण कार्य सम्पन्न भए पनि अहिले पश्चिमी मोहडाको प्रबलीकरण भइरहेको छ । तर, प्रबलीकरण सम्पन्न भएको भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण गर्ने तयारी भइरहेको बताइएको छ ।

सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । विसं १९६० मा सिंहदरबार निर्माण गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख श्यामकिशोर सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवनमा पहिलो चरणको प्रबलीकरण सकिएको जानकारी दिए । बाँकी काम पनि माघ २० गतेभित्रै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित