शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँ वृद्धि, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ माघ ८ गते ११:२६

काठमाडौं, ८ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवासमयी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित