बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

दैनिक नेपाल २०७७ माघ ८ गते ११:०९

काठमाडौं, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई ज्ञापन गरेका छन् ।

राष्ट्रपति भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छिन् । यस्तै उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना समेत गरेकी छिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बाइडनलाई पठाएको बधाई सन्देशमा बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्री ओलीको बधाई सन्देशमा अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेख गरेका छन् ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित