शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

हामी नेपालीको सद्भावना दूतमा राजा घले

दैनिक नेपाल २०७७ माघ ८ गते ८:११

अमेरिका । विश्वभरका नेपालीहरूलाई जोड्ने अभियानमा रहेको हामी नेपाली ग्लोबलको केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका (नासा)का प्रथम अध्यक्ष, एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिव प्रथम निर्वाचित नेपाली, अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सद्भावना दूत समेत हुन् । उनी दर्जनौ संघ संस्थामा उनि क्रियाशील छन् ।

प्रतिक्रिया
सम्बन्धित