मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

यूनाइटेड इन्स्योरेन्सको २६ औँ साधारण सभा सम्पन्न

दैनिक नेपाल २०७७ माघ ७ गते २१:४१

काठमाडौँ, ७ माघ । यस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा माघ ७ गते वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरियो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि बाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरियो ।

कम्पनीको विशेष प्रस्ताव अन्तर्गत बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्व सहमतिले पारित गरियो ।

कम्पनीको आ.व.२०७७/०७८ को वित्तीय विवरणमा कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख ३३ हजार ४४५.६२ रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ७ लाख ५२ हजार ४२६.२० रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख १२ हजार १०२.५३ रुपैयाँ रहेको छ ।

यस कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख ४२ हजार १३१.७४ रुपैयाँ पुगेको छ ।

आ.व. २०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४/०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख ३३ हजार ४४५.६२ रुपैयाँ बीमा शुल्क आर्जन गरेको जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित