८ कार्तिक २०८३, आइतबार

पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा बैंक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

जसको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कम्पनीले सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

लमजुङ्ग जिल्लामा निर्माण गर्न लागेको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको कम्पनीमा आफ्नो जारी पूँजी २ अर्ब ७५ करोड रुपैयाँमध्ये ८२ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँको दरले ८२ लाख ५०, हजार कित्ता शेयरहरु निष्काशनका लागि सानिमालाई प्रबन्धकको रुपमा नियुक्त गर्ने भएको हो । कम्पनीले शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियबासी तथा सर्वसाधारण लगानी कर्तामा निष्काशन गर्ने भएको हो ।

त्यसका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गर्दै सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राजचालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६४ साल असोज २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

कम्पनीको गण्डकी प्रदेश, लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीन ढोडेनीे/फलेनी गा.वि.स.) मा बहने दोर्दी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।