३ कार्तिक २०८३, मंगलबार

पर्यटन वोर्डमा सदस्य सिफारिस गर्न समिति गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । नेपाल पर्यटन बोर्डमा रिक्त सदस्य नियुक्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘सिफारिस समिति’ गठन गरेको छ ।

मन्त्रालयका सह–सचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य छन् । पर्यटन व्यवसायमा संलग्न सापकोटा र कुँवर पर्यटन वोर्डका पूर्वसदस्य समेत हुन् ।

सिफारिस समितिले प्रतिस्पर्धाबाट सदस्य चयन गर्ने बताइएको छ । बोर्डका सदस्य दिपक महत, कृणबहादुर महरा र अवदेशकुमार यादवको कार्यकाल सकिएपछि तीन सदस्य नयाँ नियुक्त गर्न लागिएको हो ।

समितिले गरेको सिफारिसमध्येबाट पर्यटनमन्त्रीले तीन सदस्य नियुक्त गर्ने छन् । यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल अहिले पर्यटनमन्त्री छन् ।