३ कार्तिक २०८३, मंगलबार

१५ वर्षीया बालिकाको विवाह ४३ वर्षीय पुरुषसँग, बेहुला–बेहुलीसहित ४ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साङ्केतिक तस्वीर

सप्तरी, ६ माघ । सप्तरीमा बेहुला–बेहुलीसहित बालविवाहमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरबाट बालविवाह गर्ने गराउने कार्यमा संलग्न उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा छन् ।

उक्त ठाउँमा बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।