३ कार्तिक २०८३, मंगलबार

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि अस्थाई प्रहरी बिट उद्‍घाटन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ६ माघ । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका–५ स्थित नेपाल, भारत सीमानाका नजिक मेची पुल पारी अस्थाई प्रहरी बिटको स्थापना गरिएको छ ।

उक्त बिटको भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठले सोमबार एक कार्यक्रमबीच उदघाटन गरे । गत जेठ २४ गतेबाट निर्माण कार्य शुरु भएको उक्त बिट जम्मा १६ लाख ८० हजार ६५८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिहरुको रोकथाम गरी नागरिकलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको बिशेष पहल तथा भद्रपुर नगरपालिकाको सहयोगमा उक्त प्रहरी बिट निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।