
नेपालगञ्ज, ६ माघ । बाँकेमा होम आइसोलेसनमा उपचाररत एक ४९ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय संक्रमित पुरूषको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
होम आइसोलेसनमा उपचाररत ती व्यक्ति मंगलबार बिहान एक्कासी बेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । तर, अस्पताल लगेको केही बेरमै उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
ती व्यक्तिलाई पुस २८ गते संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया